काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई 'जो चोर उसकै ठूलो स्वर' भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले पटक पटक संविधानको उल्घन, संसदको हत्या, अध्यादेशको राज र भ्रष्टाचारको पहाडबारे कुनै क्षमायाचना गर्नुको सट्टा उल्टै 'जो चोर उसकैको ठूलो स्वर' भएको टिप्पणी गरे।
ओलीले मंगलबार संसदमा सम्बोधन गर्दै सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रमका विषयमा चर्को विरोध गरेपछि भट्टराईले सामाजिक सञ्जाल प्रतिवाद गरेका हुन्।
‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठूलो स्वर!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।