काठमाडौं– नेपाल चेम्बर अफ कमर्समा कर, राजश्व तथा भन्सार समिति गठन गरिएको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य पर्शुराम दाहालको सभापतित्वमा चेम्बर अन्र्तगत गठित कर, राजश्व तथा भन्सार समितिमा मनोनितहरुलाई मनोनयन पत्र प्रदान गरेका छन्।
जसमा सह सभापति टिकाराम शर्मा ढुंगेल, श्री मदनलाल मित्तल र सदस्यहरुमा नयन पंडित क्षेत्री, पुष्कर भुर्तेल, शिशिर गौतम, नरेन्द्र कुमार गुप्ता, राजिब पोखरेल, अरुण राउत, गोपाल अग्रवाल, सिताराम अग्रवाल, प्रभु अधिकारीलाई मनोनयन पत्र प्रदान गरेका हुन्।
उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कर, राजश्व तथा भन्सार क्षेत्रसंग आवद्ध सवै निकायहरु लाग्नु पर्ने बताए।
यस समितिमा नेपालको कर,राजश्व तथा भन्सार क्षेत्रमा लामो अनुभव हाशिल गरेका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको कर, राजश्व तथा भन्सार क्षेत्रका संभाव्य नीति निर्णय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको उनले बताए। सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।