काठमाडौं- सरकारले कोरोना महामारीबाट थलिएको अर्थतन्त्रका विभिन्न क्षेत्रहरुलाई न्यूनिकरण गर्ने उदेश्यले प्राथमिकता दिने भएको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोनाबाट थलिएको अर्थतन्त्रका विभिन्न क्षेत्रलाई प्राथमिकता दिने बताएका हुन्।
सार्वजनिक संस्थानहरुबाट विक्री वितरण हुने उपभोग्य सामाग्री तथा सेवाहरुमा अनुदान तथा छुट प्रदान गरिने उनले बताए।
यस्तै सरकारबाट घोषणा गरिएको सुविधा तथा छुटको उपयोग औपचारिक क्षेत्रमा आवद्ध व्यक्ति तथा समुदाय केन्द्रीत भएका गरिबिको रेखामुनि रहेका व्यक्ति,साना उद्यमी,किसान तथा सीमान्तकृत समूहलाई यो सुविधा दिइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।