फाइल तस्वीर
काठमाडौं– देशका विभिन्न भागमा भारी वर्षासँगै केही नदीमा पानीको वहाब बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज कोशी, नारायणी र यिनका सहायक नदीमा बहाव बढ्ने सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबई नदीमा बहाव बढ्ने विभागको दाबी छ।
कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ भए पनि सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान विभागको छ।
प्रदेश १ का अधिकांश जिल्ला तथा प्रदेश २ को रौतहट र धनुषाका नदी तथा खोलामा आज पानीको सतह बढ्ने विभागको भनाइ छ।
सुदूरपश्चिम प्रदेशको बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव आउन सक्ने पूर्वानुमान रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।