काठमाडौं– नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको सोमबार निधन भएको छ।
नेपालमा फास्टफूड चेन रेष्टुरा सुरु गर्ने व्यवसायी कक्षपतिको थाइल्याण्डमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ।
क्यान्सरको समस्याबाट पीडित कक्षपति करीब दुई महीनादेखि थाइल्याण्डमा उपचाररत थिए।
उनले नेपालमा नाङ्लो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए। नाङ्लोले सुस्त मनस्थितिका व्यक्तिहरूलाई समेत रोजगारी प्रदान गर्दै आएको छ।
२०३३ सालमा काठमाडौंको दरबारमार्गमा नाङ्लो बेकरी क्याफे खोलेका उनले फास्टफूड चेनको थालनीसमेत गरेका थिए।
कुरिनटारस्थित रिभरसाइड स्प्रीङ रिसोर्टलगायत पर्यटन व्यवसायमा पनि उनले लगानी गरेका थिए।
होटल संघका पूर्व अध्यक्षसमेत रहेका उनका पत्नीसहित एक छोरा र एक छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।