काठमाडौं– मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश–१ प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। प्रदेश–१, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोमहाशाखाको भनाइ छ।
प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने र नदीमा उच्च बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।