फाइल तस्वीर
काठमाडौं– आजदेखि हेलम्बुको ग्याल्थुम नजिकसम्म नियमित यातायात सञ्चालन हुने भएको छ।
सिन्धु हेलम्बु र आमा याङ्ग्री ह्योल्मो यातायात व्यवसायी समितिले बैकल्पिक बाटोको प्रयोग गरी सवारी साधन सञ्चालनको तयारी गरेको कम्पनीका सञ्चालक सुरेश श्रेष्ठले बताए।
वैकल्पिक मार्गका रुपमा नारायणटारबाट भोटचौर–तालामाराङ बजार हुँदै तत्कालका लागि ग्याल्थुम नजिकको ढुङ्ग्रेबजारसम्म बस जाने उनले बताए।
गत असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध हुँदा हेलम्बुसँगको सडक सम्पर्क पूर्णरुपमा टुटेको छ।
मेलम्चीदेखि हेलम्बुसम्मको सडकखण्ड विभिन्न स्थानमा अवरुद्ध छ भने पक्की पुलसमेत बगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।