काठमाडौं– निषेधाज्ञाको समयमा विद्यालय सञ्चालन गरेको भन्दै मकवानपुरका दुई विद्यालय सञ्चालकलाई जरिवना गराइएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समयमा विद्यालय सञ्चालन गर्ने हेटौँडाका दुई विद्यालय सञ्चालकलाई जरिवाना गरेको हो।
कारबाही पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ नागसोतीस्थित तासिर इंग्लिस सेकेन्डरी विद्यालयका सञ्चालक अमृतप्रसाद ढकाल र हेटौँडा उपमहानगरपालिका–५ स्थित ज्ञानोदय बालवाटिका विद्यालयका सञ्चालक मनहरि गाउँपालिका–५ बस्ने श्यामकुमार बानियाँ रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
दुवै विद्यालयका सञ्चालकलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही १० हजार रुपैयाँका दरले जरिवान गरेको कार्यालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।