काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले गोरखाको दरौंदी नदी तथा अन्य स-साना नदीहरूमा आकस्मिक बाढी आउनसक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
बारपाक र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको उल्लेख गर्दै महाशाखाले उक्त सूचना जारी गरेको हो।
'गोरखाको बारपाक र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ। दरौंदी नदी तथा अन्य स-साना नदीहरूमा आकस्मिक बाढी आउनसक्ने भएकाले तटीय क्षेत्रमा रहनुहुनेहरूले भोलि बिहानसम्मै सतर्कता अपनाऔँ,' महाशाखाको सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।