फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी १४औं महाधिवेशन समयमै गरेर संवैधानिक रुपमा पार्टीलाई बचाउन सकिने बताएका छन्।
आफ्नो पक्षका नेताहरुलाई बोलाएर गरेको छलफलमा पौडेलले अझै एक महिनाको समय बाँकी भएकाले समयमै महाधिवेशन गर्न सकिने बताए।
‘हामी पार्टीको महाधिवेशनको मुखमा छौं। पहिले घोषणा भएका कार्यतालिकामा व्यवधान भयो। हामीसँग अझै एक महिनाको समय छ। संविधानले पाँच वर्ष छ महिनाभित्रै अधिवेशन गर्न म्यान्डेट दिएको छ,’ पौडेलले भने, ‘अझै महाधिवेशन गर्न सकिन्छ भन्नेछ। अधिवेशन गरेर पार्टीको संवैधानिकता जोगाउन सकिन्छ। त्यसका लागि हामी सबैले इमान्दारपूर्वक प्रयास गर्नुपर्छ।’
पार्टी क्रियाशील सदस्यताको हकमा जति ठाउँमा समाधान भएको छ त्यसलाई प्याक गरेर राख्नुपर्ने पौडेलले बताए। विवाद भएका क्रियाशील सदस्यताका विषयमा आपसमा सहमति गरेर जानुपर्ने उनले बताए। पार्टीका सबै इमान्दार नेता कार्यकर्ता मिलेर संवैधानिक रुपमा पार्टीलाई बचाउनुपर्नेमा उनले जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।