काठमाडौं- विद्यार्थी संगठनहरुको संयुक्त गठबन्धनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग माग गरेका छन्।
सोमबार पाँच विद्यार्थी संगठनको संयुक्त प्रतिनिधिमण्डलले स्वास्थ्यराज्यमन्त्रीलाई भेटेर उक्त माग राखेका हुन्। उनीहरुले परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई खोप लगाउने विषयमा ध्यानाकर्षण गराएका छन्।
आधाभन्दा धेरै विद्यार्थीले परीक्षा दिइसकेकाले परीक्षा स्थगित गरेर समस्या समाधान नहुने भन्दै खोपको व्यवस्था गरेर जानुपर्ने संयुक्त विद्यार्थी संगठनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।