Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

को कता छन् जसपाका ७६९ केन्द्रीय सदस्य? आफूनिकट सदस्यहरु खोज्दै उपेन्द्रपक्ष

64x64
नेपाल लाइभ मंगलबार, साउन २६, २०७८  १७:५८
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवपक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि केन्द्रीय सदस्यको खोजी गर्न थालेको छ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता गरेपछि जसपामा ८ सय १ जनाको केन्द्रीय समिति बनाइएको थियो। तर, एकता भएको १५ महिनामै पार्टी विभाजन भएपछि उपेन्द्रपक्षले आफू निकट केन्द्रीय सदस्य पहिचान गर्न भदौ १ र २ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो।

जसपा विवादका क्रममा निर्वाचन आयोगले केन्द्रीय सदस्यको हस्ताक्षर र हेड काउन्ट गर्न स्वयंको उपस्थिति खोजेको थियो। सबै केन्द्रीय सदस्यहरुलाई जसपाका दुबैपक्षले उपस्थित गराउन नसक्ने जवाफ दिएपछि पार्टी विधान बमोजिम ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई आधार बनाएर पार्टी आधिकारिकता टुंगो लगाएको हो। आधिकारिता पाएपछि उपेन्द्रपक्षले आफू निकट केन्द्रीय सदस्यहरुलाई बोलाएर छलफल गर्न लागेका हुन्। 

पार्टी एकता गर्ने क्रममा केन्द्रीय समिति ८ सय १ बनाउने निर्णय भएको थियो। जसमा ४ सय एक उपेन्द्रपक्षबाट र महन्थ ठाकुरपक्षबाट ४ सय जना केन्द्रीय समितिमा राख्ने सहमति भएको थियो। दुबैपक्षबाट ७ सय ६९ जना मात्रै केन्द्रीय समितिमा समेटिएको थियो। बाँकी ३२ जना थप गर्ने भनिएको थियो।

पार्टी एकता भएको १५ महिनासम्म एक पटक केन्द्रीय समिति बैठकसमेत बसेको थिएन। पार्टी विधानले केन्द्रीय कार्यकारिणी समितिलाई नै अधिकार सम्पन्न बनाएकाले सबै निर्णयहरु त्यहीँबाट हुँदै आएका थिए। कार्यकारिणी समिति बैठक बस्दा लामो प्रक्रिया हुने भएपछि कतिपय विषयमा पदाधिकारी बैठकबाट टुंगो लाग्ने गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

यी हुन् जसपाका केन्द्रीय समिति सदस्यहरुबिहीबार, कात्तिक ६, २०७७

‘जसपा केन्द्रीय सदस्य कुल ८ सय १ जना मध्ये ७६९ जना मात्रै थिए ३२ जना खालि थियो’, जसपा नेता डम्बर खतिवडाले भने, ‘अहिले भएका केन्द्रीय सदस्य मध्ये महन्थतिर कति जान्छन्? यता बस्छन् कि के गर्छन् हेर्नु पर्ने छ। यो बैठक भेरिफिकेसनको अवसर पनि हो।’

आफ्नो कित्तामा ६ सय भन्दा धेरै केन्द्रीय सदस्य खुल्ने खतिवडाले दाबी गरे। तर, महन्थपक्षका नेता लक्ष्मणलाल कर्णले आफ्नोपक्षमा ४ सय भन्दा धेरै केन्द्रीय सदस्य हुने दाबी गरे।

‘हामीले एकता गर्नेक्रममा तत्कालीन राजपाबाट ४ सय जनालाई केन्द्रीय सदस्य बनाएका थियौ’, कर्णले भने, ‘त्यो संख्यामा तलमाथि भएको छैन। बरु तत्कालीन समाजवादीबाट केही नेता थपिएका छन्।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उपेन्द्रपक्षले पार्टी आधिकारिकता पाएपछि महन्थपक्ष पार्टी निर्माणका लागि देश दौडाहमा निस्किएको छ। संगठन विस्तार, संगठन परिचालन भन्दै महन्थपक्ष तराईका जिल्लामा कार्यक्रम गर्न सक्रिय भएको छ। त्यही मौकालाई छोपेर उपेन्द्रपक्षले केन्द्रीय समिति बैठक बोलाएर नेताहरु आफ्नोपक्षमा तान्ने ध्याउन्नमा लागेको छ। धेरै भन्दा धेरै केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा पार्नकै लागि भएपनि उपेन्द्र पक्षले पहिलो पटक केन्द्रीय समिति बैठक बोलाएको हो।

यादवपक्षको विवरण अध्यावधिक

निर्वाचन आयोगले जसपा अध्यक्ष यादवपक्षले उपलब्ध गराएको विवरण अध्यावधिक गरेको छ। जसपा विवादमा यादवपक्षले आधिकारिता पाएसँगै ३५ जना कार्यकारिणी सदस्यसहितको विवरण आयोगलाई उपलब्ध गराएको थियो। 

फागुन ११ मा आयोगले 'हेड काउन्ट'मार्फत् बहुमत प्राप्त गरेका यादवपक्षलाई आधिकारिकता दिएको थियो। त्यतिबेला आयोगमा यादवपक्षमा ३४ जनाले सनाखत गरेका थिए। तटस्थ बसेका रेशम चौधरी पछि यादवपक्षतिर खुलेका थिए। 
विवरण अद्यावधिकसँगै महन्थपक्ष जसपाको समितिमा नरहने भएका छन्। ठाकुरपक्षमा उनीसहित राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरु थिए।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन्
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
सम्बन्धित सामग्री
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उनको भनाइ छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के–के निर्णय गर्‍यो ? (पूर्णपाठ) मंसिर ८ देखि ११ गतेसम्म सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसद् छल्दै ल्याइएका अध्यादेश फिर्ता लि... शनिबार, मंसिर १२, २०८३
देउवा पक्षलाई कांग्रेसको कडा चेतावनीः पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरे कारबाही नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
झारफुकबाट निको पार्ने दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल बनाउने झाँक्री पक्राउ शनिबार, मंसिर १२, २०८३
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्