काठमाडौं- जनता सममाजवादी पार्टीको असोज ३ र ४ गते बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय समिति सदस्यहरुको नाम टुंगो लगाएको छ। केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय छ।
डा बाबुराम भट्टराईले संघीय परिषद् अध्यक्ष बनाइएको छ। त्यस्तै, महन्थ ठाकुर र उपेन्द्र यादव भने केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन्।
अशोक कुमार राई र राजेन्द्र महतो वरिष्ठ नेता बनाइएका छन्।
जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ५१ सदस्य रहने पहिल्यै टुंगो लागिसकेको थियो।
बैठकले पाँच केन्द्रीय निकाय र प्रमुख तोकेको छ। जसमा केन्द्रीय सल्लाहकार समिति प्रमुखमा भीम प्रसाद गौतम, केन्द्रीय विज्ञ परिषद् प्रमुखमा डा पुष्पराज राज कर्णिकार, केन्द्रीय अनुशासन आयोग प्रमुखमा लक्ष्मण लाल कर्ण, केन्द्रीय निर्वाचन आयोग प्रमुखमा अनिल कुमार झा र केन्द्रीय लेखापरिक्षण आयोग प्रमुखमा अमरेश नारायण झा छन्।
त्यस्तै २९ वटा विभाग र तिनको नेतृत्व टुंगो लगाइएको छ।
नीति, योजना तथा कार्य व्यवस्था विभाग प्रमुख शरद्सिंह भण्डारी; अन्तर्राष्ट्रिय विभाग प्रमुख रकम चेम्जोङ; शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुख रेणुकुमारी यादव; पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख प्रकाश अधिकारी; राज्य व्यवस्था विभाग प्रमुख राजकिशोर यादव; स्थानीय तथा परिचालन विभाग प्रमुख महेन्द्र राय यादव; समावेशी विभाग प्रमुख हिसिला यमी छन्।
समायोजनमा सहजीकरणका लागि विभिन्न कार्यदल गठन गरिएको छ।
यी हुन् केन्द्रीय समिति सदस्यहरुः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।