काठमाडौं– नेपाली बजारमा सोमबार पनि सुनको मूल्य ओरोलो लागेको छ। आइतबारको तुलनामा सुनको भाउ सोमबार १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमामा कारोबार भएको महासंघले जनाएको छ। यसअघि आइतबार पनि सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको थियो।
त्यसैगरी, सोमबार तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२१५ मा किनबेच भइरहेको महासंघले जनाएको छ।
आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।