काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले महामारीका कारणले कक्षा १२ को परीक्षा स्थगित गरी अन्य परीक्षा सञ्चालनको आधार के हो? भनी प्रश्न गरेका छन्।
पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा कार्यक्रम स्थगित गरेको छ। तर, त्रिभुवन विश्वविद्यालय लगायतले भने जारी परीक्षा कार्यक्रम नरोकिने बताएका छन्।
नेता थापाले सामाजिक सञ्जालमार्फत कसैको परीक्षा रोकिने कसैको नरोकिने आधार र तर्क के हो? भनी स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन्।
सम्भव भए स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी सबै तहका परीक्षा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। ‘प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा सञ्चालन गर्नुपर्यो,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।