काठमाडौं– मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
अहिले बिहान देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा सामान्य वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना छ।
अपराह्नतिर प्रदेश १ , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पहाडी भागमा उच्च वर्षासँगै नदीको बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।