• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पेले : 'श्रीपेच बिनाका सम्राट'

64x64
नेपाल लाइभ मंगलबार, जेठ २२, २०७५  १०:५७
1140x725

विश्वकप फुटबल प्रतियोगिताको सुरुवातका पाँच वटै संस्करणमा भाग लिएको ब्राजिलका लागि नतिजा सहज हुन सकिरहेको थिएन। फुटबल भनेपछि हुरुक्कै हुने ब्राजिलले सन् १९५० को चौथौं विश्वकको आयोजना गर्‍यो। उसले प्रतियोगितालाई भव्य बनाउन २ लाख अट्ने रंगशालासमेत निर्माण गर्‍यो। त्यहीबेला ब्राजिल उपाधि जित्न चाहन्थ्यो। तर निर्णायक खेलमा उरुग्वेसँग पराजित भएपछि ब्राजिलको उपाधि जित्ने सपना पूरा हुन सकेन। सन् १९५४ मा स्विट्जरल्यान्डमा आयोजना भएको पाँचौ संस्करणमा त ब्राजिल क्वार्टरफाइनलबाटै आउट हुनुपर्‍यो।

सन् १९५७ जुल ७ मा अर्जेन्टिना विरुद्धको खेलमा पेले उपनाम गरेका खेलाडीले १६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरे। डेब्यु खेलमै गोल गरेपछि पेलेले ब्राजिलियन फुटबलमा आशाको सञ्चार गराइदिए। डेब्यु खेलमै गोल गरेपछि पेलेले मात्र होइन ब्राजिलले पनि पछाडि फर्केर हेर्नुपरेन। ब्राजिललाई विश्व च्याम्पियन बनाउँदै तहल्का मच्चाएका पेले पछि शताब्दीका महान् फुटबलरको रुपमा पुकारिए।

—O— 

पेलेको वास्तविक नाम एड्सन अरान्ते दो नासिमेन्तो हो। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४० मा भएको थियो। गरिब परिवारमा जन्मिएका पेलेको बाल्यकाल अभावै अभावमा बित्यो। उनी बाल्यकालमा नांगो खुट्टाले झुम्राको बल खेल्थे। सडकबाटै उनले फुटबलको कला सिकेका थिए। १६ वर्षमै उनी ब्राजिलको राष्ट्रिय टोलीमा परे र १७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी पनि बने।

सन् १९५८ को विश्वकपपछि त उनी एड्सन अरान्ते दो नासिमेन्तो रहेनन्, पेलेबाटै चिनिए । 

ब्राजिलियन (पोर्चुगिज) भाषामा नांगो खुट्टाले खेल्नुलाई पेलेदास भनिन्छ । उनको बचपन त्यसैगरी खेलेर बितेको थियो । तर, त्यसपछि भने पेलेको सम्बोधनमा कुनै नाम मात्र रहेन, आदर, माया र स्नेहसमेत गाँसिएर आयो। यो नाममा ती महान् खेलाडीको दुःख, कष्ट र दरिद्रताको कथा भरिएको छ । अनि छ, उनको संकल्प र निरन्तर साधनाको प्रेरणादायी प्रसंग।

फुटबल, ब्राजिल र पेले एकअर्काका पर्यायवाची हुन्। ब्राजिल र पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव छ। विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन। 

nimb
nimb
Ncell 2
Ncell 2

सन् १९५८ को विश्वकपमा पेलेलाई खेलाइएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बन्यो। यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले ६ गोल गरे। उनले फ्रान्स विरुद्धको सेमिमफाइनलमा ह्याट्रिक गरेपछि ब्राजिल ५–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा पनि पेलले उत्कृष्ट खेल पस्के। स्विडेनविरुद्ध फाइनलमा पेलेले २ गोल गरेका थिए। उक्त खेलमा ब्राजिल ५–२ ले विजयी हुँदै पहिलो पटक विश्व च्याम्पियन बन्न सफल भयो। यही विश्वकपदेखि उनी विश्व फुटबलमा चर्चित बन्दै गए र कालान्तरमा फुटबलका जादुगर कहलिए।

सन् १९६२ मा चिलीमा आयोजना भएको सातौं संस्करणको विश्वकपमा पनि पेलेको फर्म उस्तै थियो। उनले समूह चरणमा मेक्सिकोविरुद्ध पहिलो खेलमा गोल गरे। अन्य खेलमा भने गोल गर्न सकेनन्। तर पनि उनको टिममा प्रभाव उस्तै थियो। फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो। १९६२ पछि कुनै पनि देशले लगातार दोस्रो पटक उपाधि जित्न सकेका छैनन्। 

सन् १९६६ मा इंग्ल्यान्डमा आयोजना भएको विश्वकपमा भने पेले र ब्राजिलियन टिमको प्रदर्शन राम्रो हुन सकेन। ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो। यद्यपि पेले बुल्गेरियाविरुद्ध भने गोल गर्न सफल भए। 

सन् १९६६ मा बिर्सनलायक प्रदर्शन गरेको ब्राजिल सन् १९७० को विश्वकपलाई यादगार बनाउन चाहन्थ्यो। भयो पनि त्यस्तै। मेक्सिकोमा आयोजना भएको विश्वकपको पहिलो खेलमा ब्राजिलले चेकोस्लोभाकियालाई ४–१ गोलले हराउँदै शानदार सुरुवात गर्‍यो। पेलेले उक्त खेलमा गोल गर्न सफल भए। समूह विजेता बनेको ब्राजिलले क्वार्टरफाइनलमा पेरुलाई तथा सेमिफाइनलमा उरुग्वेलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। फाइनलमा इटालीलाई ४–१ गोलले हराउँदै ब्राजिल तेस्रो पटक उपाधि जित्न सफल भयो। फाइनलमा पेलेले सुरुवाती गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए। सो विश्वकपमा पेलेले ४ गोल गरे। 

सन् १९५८, १९६२ र १९७० तीन पटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एक मात्र खेलाडी पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए। विश्पकपमा खेलेका १४ खेलमा पेलेको खुट्टाबाट १२ गोल निस्किएको थियो। 

आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे। एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेले। उनले ब्राजिलको जर्सी लगाएर खेलेका ९१ खेलमा ७७ गोल विपक्षी राष्ट्रको गोलपोस्टमा छिराएका छन्। 

पेलेको संन्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्‍यो, सन् १९९४ को विश्वकपसम्म ।

पेलेका रोचक प्रसंग 

सन् १९७० को विश्वकप फुटबलमा इंग्ल्यान्ड विरुद्धको खेलमा पेलेको एउटा प्रहार यति शक्तिशाली थियो कि त्यसलाई रोक्ने प्रयास गर्दा इंग्ल्यान्डका तत्कालीन गोलकिपर गोर्डन ब्याङ्कसको हात ९ ठाउँमा भाँचिएको थियो ।

पेले सन् १९६३ मा पश्चिम जर्मनीको ह्याम्बर्गमा खेल्दै थिए। जर्मन खेलाडी शुल्जले उनलाई 'कभर' गररिहेका थिए। प्रतिद्वन्द्वीले आँखा झिम्क्याउन नपाई निमेषभरमै गोल गर्न खप्पिस पेलेलाई उनले कति पो कभर गररिाख्न सक्थे र?  शुल्जले थोरै मात्र असावधानी के देखाएका थिए, पेलेले २० गज टाढाबाट हानेको प्रहार सोझै गोलपोस्टभित्र छिर्‍यो। 'बल पेलेको खुट्टाबाट कतिबेला बाहिर निस्क्यो भन्ने नै मैले देखिनँ,' जर्मन गोलकिपर फहराइनले उक्त गोलप्रति टिप्पणी गर्दै भनेका थिए। 

यस्तै एकपटक सन् १९६१ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको खेलमा पेलेले ९ जना प्रतिद्वन्द्वीलाई छलाउँदै विपक्षी क्लबविरुद्ध चामत्कारिक गोल गरेका थिए।

पेलेको आत्मकथा 'माई लाइफ एन्ड द ब्युटिफुल गेम' सँग पनि अनौठो प्रसंग जोडिएको छ। त्यस पुस्तकको प्रथम संस्करणमा हस्ताक्षर गर्न प्रकाशकको कार्यालय पुग्दा त्यहाँ पहिले नै उनका हजारौँ प्रशंसकको भिड जम्मा भइसकेको थियो। उनलाई हेर्न झुम्मिएका सबै जना पेलेको केही न केही सामान चिनोका रूपमा लैजान चाहन्थे । ती प्रशंसकहरूले पेलेको लुगा टुक्राटुक्रा पारेर च्यातेर लगे। लुगा नपाउनेले उनको कारको पाटपुर्जासमेत बाँकी राखेनन्। र, त्यस दिन पेले 'लगभग नांगै' हिँडेर घर पुगेका थिए।

सन् १९६१ मा ब्राजिलियन क्लब सान्तोसबाट मैत्रीपूर्ण खेल खेल्ने क्रममा पेले पेरूमा थिए। त्यहाँ पनि उनले असाधारण प्रदर्शन गर्दै मध्यान्तरअघि नै ४ गोल गरिसकेका थिए। 'आजलाई पुग्यो' भन्ने सोचेर उनी मध्यान्तरपछि मैदानमा प्रवेश गरेनन्। उनको स्थानमा अर्का खेलाडी गए। तर, दर्शकहले खेल नै सञ्चालन हुन दिएनन्, मैदानमै प्रवेश गरी विरोध गर्न थाले। अन्ततः रेफ्रीले बाध्य भएर सान्तोस क्लबसँग दर्शकहरूको उत्तेजना र विरोध शान्त पार्न र खेल अघि बढाउन पेलेलाई पुनः खेल्न मैदानमा पठाउन अनुरोध गर्नुपर्‍यो। मध्यान्तरपछिको खेल त्यतिबेलासम्म रोकिई नै रह्यो, जतिबेलासम्म नुहाउन गएका पेले बाहिर आई फुटबल पोसाकमा पूर्ण तयार भएर मैदानमा प्रवेश गरेनन्।

पेलेको यति लोकप्रिय थिए कि उनलाई भेट्दा बेलायतकी महारानी एलिजाबेथले आफ्नो मर्यादाक्रम नै भुलेकी थिइन। इरानका तत्कालीन शाह मोहम्मद रेजा पहलवीले उनलाई भेट्न मात्र पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा ३ घन्टाभन्दा बढी समय प्रतीक्षा गरेका थिए।

राष्ट्रिय टिमबाट संन्यास लिएपछि पेले अमेरिकाको कसमस क्लबबाट खेल्न जाने क्रममा भारतको कोलकाता पुग्दा त्यहाँ ठूलै भिड जम्मा भएको थियो। उनलाई हेर्न र भेट्न मात्र पनि हजारौँ प्रशंसकले आधा रातभन्दा धेरै समय बिताएका थिए। त्यसका लागि प्रशंसकहरू कोलकाताको विमानस्थल र बाटोको दुवैतिर लामबद्ध भई घन्टौँ उभिएका थिए।

सर्वत्र स्वीकार गरिएका सुपरस्टार 

फुटबलमा हात पात पारेको उपलब्धि र योगदानका कारण पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले पनि आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदूत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई शताब्दी-खेलाडी उपाधि दिएको छ।

गरिबहरूको सामाजिक अवस्था सुधार्ने नीतिप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरिब बालबालिकाका निम्ति समर्पित गरे।

'मानिसहरू भन्छन्, पेलेको कुनै धर्म, कुनै राष्ट्रियता वा कुनै वर्ण छैन,' पेलेले एकपटक आफ्नै बारेमा भनेका थिए, 'मलाई सर्वत्र स्वीकार गरिएको छ।'

दुनियाँका आँखामा उनी अहिले पनि फुटबल जादुगर हुन्,  फुटबलका 'श्रीपेच बिनाका सम्राट' हुन् । विश्व फुटबलका हरेक ठूला आयोजनामा उनको उपस्थिति स्मरणीय र सम्मानित हुन्छ। अघोषित रूपमै उनी विश्व फुटबलका सर्वस्विकार्य आदर्श हुन्। त्यसैले उनलाई फुटबलको किंवदन्ती मानिन्छ र भनिन्छह– पेले, महान् पेले।

उनले एक दर्जनजति फिल्ममा समेत अभिनय गरेका छन्।  ७७ वर्षीय पेले गएको वर्ष मिर्गौला र प्रोस्टेटमा आएको समस्याका कारण अस्पताल भर्ना भएका थिए। अहिले भने उनी स्वस्थ छन्।  

पेलेसँग अचेल अर्बौं सम्पत्ति छ। अनेक राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीका उनी लगानीकर्ता वा साझेदार छन्। र, अनेक कम्पनीका 'ब्रान्ड एम्बेसडर' पनि। उनले आफ्नो देश ब्राजिलमा लाखौँको संख्यामा रहेका सडक बालबालिकाका लागि आत्मनिर्भरता उन्मुख कल्याणकारी कार्यक्रम पनि सञ्चालन गरिरहेका छन्।(विभिन्न एजेन्सीहरुको सहयोगमा) 

(भिडियो हेर्न नयाँ विन्डो (Watch and YouTube) क्लिक गर्नुहोला)

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०७५  १०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्