काठमाडौं- नेपालको पुँजीबजार मापक परिसूचक नेप्से आज सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.६६ अंकले बढेर ३१०८.१३ विन्दुमा उक्लिएको छ।
नेप्सेमा आज कूल १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका दुई करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर एक लाख २६ हजार ९२४ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६९ अंकले बढेर ५७८.०१ विन्दुमा उक्लिएको छ।
आज कर्पोरेट डेभलपमेण्ट बैंक, अपी पावर कम्पनी, युनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। एनआईसी एसिया डिबेञ्चर २०८३/८४ का लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ७.३७ प्रतिशतका दरले गुमाएका छन्।
अपी पावर कम्पनीका सेयर सबैभन्दा धेरै ८१ करोड ९२ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा पनि सोही कम्पनीका सेयर सबैभन्दा धेरै १३ लाख ८८ हजार ८९१ कित्ता र अपीकै सेयर सबैभन्दा धेरै चार हजार ८४४ पटक किनबेच भएका थिए।
आज विकास बैंक, फाइनान्स, हाइड्रोपावर र उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।