काठमाडौं– मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश–१, गण्डकी र लुम्बिनीका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
दिउँसो पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।
राति प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।