काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी स्नातक र स्नातकोत्तर तहका परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेको छ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले व्यवस्थापन संकायको प्रथम वर्षको परीक्षा शुक्रबार सकिएको र बाँकी परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेका हुन्।
‘स्नातक तह प्रथम वर्षका व्यवस्थापन संकायको परीक्षा २२ गतेदेखि समाप्त भएको र बिज्ञान, शिक्षाका परीक्षा सम्पन्न भएकाले अब उप्रान्तका मानविकी तथा सामाजिकशास्त्र संकायको मात्रै परीक्षा बाँकी रहेको अवस्थामा थोरै विद्यार्थी भएकाले र लामो समयसम्म परीक्षा नभएको यथार्थ हामी सबैलाई जानकारी भएकोले २८ साउनसम्म स्वास्थ मापदण्ड पालना गरि उक्त परीक्षा सञ्चालन गर्न गराउन सम्बद्ध सबैलाई हार्दिक अनुरोध गर्दछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ३१ साउनदेखि निर्धारित परीक्षा कोरोना संक्रमणको जाेखिम रहेको भन्दै शनिबार स्थगन गरेको छ। तर, त्रिविअन्तर्गतका परीक्षाहरु भने जारी रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।