काठमाडौं- नेकपा (एमाले)का नेता योगेश भट्टराईलाई मातृशोक परेको छ।
भट्टराईकी आमा ९५ वर्षीया महेन्द्रादेवीको शनिबार दिउँसो काठमाडौंमा निधन भएको हो। महेन्द्रादेवीको योगेशका दाजु मातृका भट्टराईको काँडाघारीस्थित निवासमा निधन भएको एमाले नेता निरज आचार्यले जानकारी दिए।
योगेशका बुवाको भने योगेश सानै हुँदा निधन भइसकेको थियो। उनलाई काठमाडौंमा पढ्न आमा महेन्द्रादेवीले पुर्याएकी थिइन्।
योगेश ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। उनी उम्मेद्वार बनेका बेला महेन्द्रादेवी वृद्धावस्थामा समेत चुनावी अभियानमा हुर्किएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।