काठमाडौं- काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ।
शनिबार बिहान २ बजेदेखि आगलागी भए पनि अहिलेसम्म आगलागी नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्यांकर र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।