काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनका लागि यस क्षेत्रसँग आबद्ध सबै निकायहरु लाग्नुपर्ने बताएका छन्। चेम्बरकी कार्यसमिति सदस्य रत्नतारा तुलाधरको सभापतित्वमा गठित सूचना प्रविधि समितिको सल्लाहकार तथा सदस्यमा मनोनीत भएकाहरुलाई मनोनयनपत्र प्रदान गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।
'यस समितिमा नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा लामो अनुभव हासिल गर्नुभएका महानुभावहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सूचना प्रविधिको क्षेत्रमा गरिने प्रयासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्दछु,' उनले भने।
कार्यक्रममा सूचना प्रविधि समितिको सल्लाहकारमा मनोनीत विनोद ढकाल, दीपेश प्रधान तथा सदस्यहरुमा मनोनीत प्रदीप लामिछाने, अकवर हुसेन, सञ्जीवकुमार श्रेष्ठ, सन्तोष राजभण्डारी, मोना न्याच्छों, दीपेश हाडा, राजन कर्माचार्य, हेमन्त बराल र नवीन जोशीलाई मनोनयनपत्र प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।