काठमाडौं– अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। हाल मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
शुक्रबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने महाशाखाले जनाएको छ।
यस्तै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।