सार्वजनिक खरिद अुनमगन कार्यालय, फाइल तस्वीर काठमाडौं– सरकारले ७ वटा निर्माण व्यवसायी (ठेकेदार) तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ।
सार्वजनिक खरिद अुनमगन कार्यालयले ५ वटा निर्माण कम्पनी र २ वटा सप्लायर्सलाई १ देखि २ वर्षका लागि कालो सूचीमा राखेको हो।
कारागार व्यवस्थापन विभागको सिफारिसमा काठमाडौंको शान्तिनगर ठेगाना भएको एके एण्ड गान्था कन्स्ट्रक्सनलाई २ वर्षको लागि कालो सूचीमा राखिएको छ।
यस्तै, पर्वतको कुश्मा ठेगाना भएको कालिगंगा निर्माण सेवा, इलामको फाकफोकथुम ठेगाना भएको कण्टा निर्माण सेवा, कैलालीको धनगढी ठेगाना भएको लाटिनाथ कन्स्ट्रक्सन सेवा र सुनसरीको इनरुवा गेठाना भएको आविद निर्माण सेवालाई १–१ वर्षका लागि कालो सूचीमा राखिएको हो।
कार्यालयले उदयपुरको अम्बा सप्लायर्स र काभ्रेको बिक्रम खाद्य स्टोरलाई पनि १–१ वर्षका लागि कालो सूचीमा राखेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षदेखि २ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने ठेकेदार कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।