काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार १२ जना संक्रमणमुक्त भएका हुन्। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगको छ।
मन्त्रालयका अनुसार निको हुने दर ९३ दशमलव ७ प्रतिशत रहेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। नेपालमा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।