काठमाडौं– बिहीवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। स्थानीय बजारमा बुधवार ३ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीवार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीवार छापावाला सुन प्रतितोला रू ९२ हजारमा कारोबार भएको महासंघले जनाएको छ।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ।
बिहीवार चाँदीको मूल्य भने घटेको छ। बुधवार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार तोलामा १० रुपैय घटेको हो।
बिहीबार चाँदी १२ सय ७५ रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।