कैलाली- बैतडीको सुर्नया गाउँपालिका-५ मा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुई जना दाजुभाइ हुन्।
बुधबार राति ९ बजेतिर करेन्ट लाग्दा २१ वर्षीय सन्तोष र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
उनीहरुको जंगली बदेल मार्नका लागि छाडिएको करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। प्रहरीका अनुसार दुबै जनाको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।