काठमाडौं– आज (बिहीबार) महाकाली, कोशीका सहायक नदीमा उच्च बाढीको सम्भावना रहेको छ।
आज विशेषगरी सुनकोशीमा बहाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।नारायणी, कर्णाली र यिनका सहायक नदीमा समेत बाढीको सम्भावना रहेको छ।
त्यसैगरी कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत देशका प्रमुख तथा मझौला नदीहरूमा बहाब सामान्य घटबढ हुने पूर्वानुमान छ।
महाकाली, कोशी, कमला र यिनका सहायक नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।