मस्को- जेठ ३१ बाट रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा भाग लिने सवै टिमले राष्ट्रिय टिमको टुंगो लगाएका छन्। प्रतियोगिता सुरु हुन ९ दिन बाँकी रहदा प्रतिस्पर्धा गर्ने सवै ३२ टिमले अन्तिम टिमको टुंगो लगाएका हुन्।
सवै टिमले २३ सदस्यीय टिम घोषणा गरेका छन्। सवै टिमका गरी कुल ७ सय ३६ खेलाडीले २१औं संस्करणको प्रतियोगितामा भाग लिँदै छन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ।
अन्तिम टिममा परेका सवै खेलाडीको एउटै सपना आफ्नो देशको जर्सी पहिरिएर मैदान उत्रने हुनेछ।
डिफेन्डिङ च्याम्पियन जर्मनीका ९ जना अघिल्लो विश्वकपको उपाधि जितेका खेलाडी छन्। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको ट्रफि उचालेका ९ खेलाडीको लक्ष्य दोस्रो पटक उपाधि उचाल्नु हुनेछ। जर्मन टिममा १६ खेलाडी भने पहिलो पटक विश्वकप खेल्ने लक्ष्यमा हुनेछन्।
हेर्नुहोस् ३२ देशको राष्ट्रिय टिम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।