काठमाडौं- नेपालको पुँजीबजार मापक परिसूचक नेप्सेमा पुन: कीर्तिमान बनेको छ। मंगलबार ३१११.०९ विन्दुमा पुग्दा बनेको कीर्तिमान आज तोडिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक १२.०५ अंकले बढेर ३१२३.१५ विन्दुमा उक्लिएको छ, जुन हालसम्मकै उच्च हो।
नेप्सेमा आज कूल १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२५ वटा कम्पनीका दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर एक लाख ४४ हजार ८८७ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.७० अंकले बढेर ५७८.२२ विन्दुमा उक्लिएको छ।
आज सात वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। ङदी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.३८ प्रतिशतका दरले गुमाएका छन्।
अपी पावर कम्पनीका सेयर सबैभन्दा धेरै ७९ करोड ५० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा पनि सोही कम्पनीका सेयर सबैभन्दा धेरै १४ लाख ४७ हजार ६७२ कित्ता र अपीकै सेयर सबैभन्दा धेरै पाँच हजार ९९४ पटक किनबेच भएका थिए।
आज होटल तथा पर्यटन, जीवन बिमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बिमा र अन्य उपसमूहका परिसूचक घटेका छन् भने बाँकी उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।