काठमाडौं– पछिल्लो २४ घन्टामा १ हजार ५३५ जना कोरोना संक्रमण मुक्त भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ५३५ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
त्यस्तै पछिल्लो २४ घन्टामा ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या १६ हजार २ सय ९८ जनामा गरिएको परीक्षणमा पुष्टि भएको हो।
सोही अवधिमा ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।