काठमाडौं– नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ। स्थानीय बजारमा मंगलवार स्थिर रहेको सुनको मूल्य बुधवार तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलवार छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधवार चाँदीको मूल्य भने बढेको छ। मंगलवार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।