फाइल तस्वीर
काठमाडौं– अविरल वर्षापछि अधिकांश जिल्लाको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण आएको बाढी र पहिरोले कतिपय स्थानमा धनजनको क्षति भएको छ।
बाढी तथा पहिरोका कारण राजमार्गहरु बन्द हुँदा यात्रुहरु अलपत्र परेका छन्। सडक विभागका अनुसार बुधबार विहानसम्म देशभरका १० राष्ट्रिय राजमार्ग अवरुद्ध रहेका छन्। त्यस्तै ९६ सडक एकतर्फी सञ्चालनमा रहेका छन्। विभागका अनुसार दुबै तर्फ सुचारु रहेका सडकको संख्या ५२ रहेको छ।
गत जेठ ३० गतेदेखि बुधवारसम्ममा १ सय ५८ सडकमा क्षति पुगेको सडक विभागको तथ्यांक छ।
वर्षाका कारण मनाङ, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, नुवाकोट तथा बैतडीका सडकहरूमा बढी क्षति पुगेको विभागले जनाएको छ।
सडक मर्मतसम्भार भइरहेपनि अविरल वर्षाका कारण पटक पटक क्षति भएकाले सञ्चालनमा ल्याउन कठिनाई भएको विभागको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।