काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालि-१० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस्तै, आयोगको सदस्यहरूमा काठमाडौंको कलंकीका डिल्लीराम रिमाल र काठमाडौं–९ की नन्दकुमारी महर्जनलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
शिक्षक सेवा आयोग विगत १ वर्षदेखि पदाधिकारी विहीन रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।