काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी डा भुपेन्द्र बस्नेतलाई दिइएको छ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले डा बस्नेतलाई वीरको जिम्मेवारी दिएका हुन्।
उक्त जिम्मेवारीमा रहेका डा जागेश्वर गौतमलाई सोमबार परोपकार प्रसूती गृह थापाथली सरुवा गरेपछि डा बस्नेतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।