काठमाडौं- परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा डा जागेश्वर गौतमको सरुवा भएको र अन्य तीन जनाको सरुवा रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
डा गौतमलाई सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीबाट हटाउँदै प्रसुति गृह सरुवा गरेका थिए।
गौतमको सरुवासँगै डा रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको थियो, तर उनको सरुवा रोकिएको छ।
सोमबार डा गौमतसहित अन्य महाशाखाका प्रमुखको जिम्मेवारी हेरफेर गरिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएको समाचारहरु बाहिर आएका थिए। स्वास्थ्य मन्त्रालयले डा गौतमबाहेक अन्यको सरुवा तत्कालका लागि रोकिएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका डा विवेकलाल कर्ण, क्षयरोग केन्द्रको प्रमुखमा रीता जोशीलाई जिम्मेवारी दिइएको थियो। तर, उनीहरुको सरुवा पनि रोकिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।