काठमाडौं– नेपाली बजारमा मंगलवार सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन सोमवार १ सय रुपैयाँले घटेको सुनको भाउ मंगलवार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलवार छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलवार चाँदीको मूल्य भने घटेको छ। सोमवार प्रतितोला १२ सय ८५ मा कारोबार भएको चाँदीको मूल्य मंगलवार १० रुपैयाँले घटेको हो।
मंगलबार चाँदी १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।