काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ।
चाक्सिबारीस्थित प्रकाशमान सिंहको निवासमा दिउँसो दुई बजे पौडेल पक्षको बैठक बस्न लागेको एक नेताले बताए।
बैठकमा आसन्न १४औं महाधिवेशनको विषयमा छलफल हुने उनको भनाइ छ।
साथै बैठकमा क्रियाशील सदस्यता तथा यसअघि स्थगित भएको तल्लो तहको अधिवेशनको विषयमा समेत छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।