काठमाडौं- आज महाकाली, कोशी, कमला र यिनका सहायक नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य रहेको तथा सबैमा सतर्कता तह भन्दा तलै रहेको छ।
महाकाली र कोशीको सहायक नदीहरू विशेषगरी तमोर, लिखु, खिम्ति, दुधकोशी, अरुणमा बहाव बढ्ने; नारायणी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। कमलामा बहाव बढ्ने; कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।
आज प्रदेश १ को इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, ओखलढुंगा, उदयपुर, प्रदेश २ को महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्गजा, लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, कर्णाली प्रदेशको दैलेख, जाजरकोट, सुदूरपश्चिम प्रदेशको बैतडी, डडेलधुरा, डोटी, अछाम, बाजुरा र आसपास जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।