Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विमला ओली एमालेमै फर्किँदा मुख्यमन्त्री पोखरेलको सत्ता सुरक्षित होला?

64x64
नेपाल लाइभ सोमबार, साउन १८, २०७८  १७:५१
1140x725

काठमाडौं- लुम्बिनी प्रदेश सभाकी सदस्य विमलाकुमारी खत्री ओलीले आफू एमालेमै रहेको बताएकी छिन्। सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उनले आफू एमालेमै रहेको स्पष्ट पारेकी हुन्।

'म निर्वाचित भएर प्रदेश सभामा क्रियाशील हुँदै गर्दा पार्टीप्रति मेरो केही गुनासा थिए। एउटा पार्टी कार्यकर्ताको नाताले पार्टीप्रति मेरा र पार्टीको मप्रति गुनासा हुनु स्वभाविकै थियो। ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै म नेकपा एमालेप्रति प्रतिबद्ध रहेको र नेकपा एमाले प्रदेश सभा संसदीय दलको सदस्य रहेको स्पष्ट पार्न चाहन्छु', सोमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

उनले आफूले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकोले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकोले एमालेमै रहेको स्पष्ट पारेकी छिन्।

'नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनावी चिह्न सूर्यबाट म चुनावमा उम्मेदवार भएको हो। पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टीको दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्न हुन सबैमा आग्रह गर्दछु', विज्ञप्तिमा भनिएको छ।

उनी केही दिनयता माओवादीको सम्पर्कमा नरहेको समाचार सार्वजनिक भएका थिए। जसलाई उनले आफ्नो स्वास्थ्यमा समस्या आएको कारण दिएकी छन्।

यो पनि पढ्नुहोस्

माओवादी रोजेकी विमला ओली फेरि एमालेतिरैसोमबार, साउन १८, २०७८

'आफ्नै इच्छाले माओवादी केन्द्र'
ओली उपनिर्वाचनमा नेकपाको तर्फबाट निर्वाचित भएकी थिइन्। नेकपा विभाजनपछि केही समय एमालेमै रहेकी उनले गत वैशाखमा लुम्बनी प्रदेशमा भएको सत्ता हेरफेरको प्रयासमा अचानक माओवादी रोजेकी थिइन्।

No description available.
वैशाख १९ गतेको विज्ञप्ति।

'सर्वोच्च अदालतको फैसलाले पुरानै दल कायम गरिदिएको हुनाले म निर्वाचित भएको दल नरहेको अवस्थामा नेकपा (माओवादी केन्द्र) दल रोजेकी छु। र आजैबाट यस दलको लुम्बिनी प्रदेश सभा सदस्य भएको यसै वक्तव्यमार्फत जानकारी गराउन चाहन्छु', वैशाख १९ गते उनीद्वारा जारी वक्तव्यमा भनिएको छ।

सोही दिन उनले पत्रकार सम्मेलन पनि गरेर आफ्नै इच्छाले माओवादी केन्द्र रोजेको बताएकी थिइन्। ‘निर्वाचित भएको बेला मैले एमाले र माओवादी भन्ने पनि चिन्दैथेँ। तर, निर्वाचित भएपछि मैले माओवादीबाटै धेरै सहयोग पाएँ। त्यसैले कसैले आउनुपर्छ भनेर होइन, मेरै इच्छाले नै मैले माओवादी रोजेको हो’, उनले भनेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

सोमबार मात्रै ओलीसहितको हस्ताक्षरमा प्रदेश प्रमुखलाई पत्र पठाइएको छ। पत्रमा नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको आह्वान गरी पाऊँ भनिएको छ। ४१ जनाको हस्ताक्षर रहेको सो पत्रमा ओलीको हस्ताक्षर ४१औँ स्थानमा छ। 'लुम्बिनी प्रदेश सभामा नेकपा एमाले स्पष्ट अल्पमत रहेको अवस्था विद्यमान रहेकोले शंकर पोखरेल नेतृत्वको सरकारले संविधानको धारा १६८ को १ बमोजिमको वैद्यता गुमाएको स्पष्ट भइसकेको छ', पत्रमा भनिएको छ।

यो पनि पढ्नुहोस्

आफ्नै इच्छाले माओवादी केन्द्र रोजेकी हुँ– विमला वलीआइतबार, वैशाख १९, २०७८

शक्ति संरचनामा कस्तो असर?
लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोले सत्ता परिवर्तनको प्रयास गर्दै आएका छन्। उनीहरुले गत वैशाखमा पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्तिको पनि विरोध गर्दै आएका छन्। उनीहरुले मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने बताइरहेका छन्। राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउने उनीहरुले चेतावनी दिँदै आएका छन्।

लुम्बिनी प्रदेश सभाको आकार ८७ सदस्यीय भए पनि अहिले ८० जना मात्रै सदस्य छन्। एमालेबाट निर्वाचित दृगनारायण पाण्डे र अमरबहादुर डाँगीले राजीनामा दिएका छन्। पाण्डेले वैशाख १९ र डाँगीले वैशाख २२ मा राजीनामा दिएका हुन्। पाण्डे कांग्रेस प्रवेश गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइसकेका छन्।

त्यस्तै, माओवादीका दुई सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी एमाले प्रवेश गरेपछि निष्कासित भएका छन्। जसपाका तीन सदस्य सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डे पनि निष्कासनमा परेका हुन्। उनीहरु सबै कानुनी उपचार खोजिरहेका छन्। सर्वोच्चमा मुद्दा चलिरहेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

महामारीले घेरिरहँदा लुम्बिनीमा दिनभर रमिताआइतबार, वैशाख १९, २०७८

अहिले कायम ८० सदस्यीय प्रदेश सभामा एमालेका ३८ जना (विमला ओली बाहेक), कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (विमला ओली र सभामुखसहित), जसपाका ३ जना र राजमोका एक जना थिए। ओली एमाले प्रवेश गरेपछि एमालेका ३९ जना सदस्य पुगेका छन्। त्यस्तै माओवादीमा १८ जना मात्रै भएका छन्। यसरी विपक्षी गठन्धनमा  ४१ जना (सभामुखसहित) भएका छन्।

प्रदेश सभामा बहुमतका लागि ४१ जना चाहिन्छ। जुन पोखरेलसँग अपुग छ। उनले विश्वासको मत लिनुपर्ने अवस्था आएमा अझै एक जना पुग्दैन।

अर्कोतिर, अहिले विपक्षी गठबन्धनमा रहेका कांग्रेस-माओवादी केन्द्र-जसपा-राजपासँग पनि सभामुख बाहेक ४० जना मात्रै छन्। मत बराबर भएको स्थितिमा सभामुखले मत दिने सुविधाले उनीहरुलाई फाइदा पुर्‍याउन सक्छिन्। 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिग्नेचर ब्रिज निर्माणमा ढिलाइप्रति मन्त्रीको असन्तुष्टि, ठेक्का तोड्न चेतावनी
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन्
सम्बन्धित सामग्री
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उनको भनाइ छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के–के निर्णय गर्‍यो ? (पूर्णपाठ) मंसिर ८ देखि ११ गतेसम्म सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसद् छल्दै ल्याइएका अध्यादेश फिर्ता लि... शनिबार, मंसिर १२, २०८३
देउवा पक्षलाई कांग्रेसको कडा चेतावनीः पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरे कारबाही नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सिग्नेचर ब्रिज निर्माणमा ढिलाइप्रति मन्त्रीको असन्तुष्टि, ठेक्का तोड्न चेतावनी शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्