काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर आज ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन भने ९१ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार पनि चाँदीको मूल्य स्थिर रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।