काठमाडौं- सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै नदीहरुमा पानीको बहाब बढ्ने छ।
आज महाकाली र कोशीको सहायक नदीहरूमा बहाव बढ्ने छ भने नारायणी, कर्णाली र सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने सम्भावना रहेको छ। बबई र तिनाउमा बहाव बढ्ने तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले गरेको छ।
आज महाकाली र कोशीको सहायक नदीहरू विशेषगरी तमोर लिखु, खिम्ति, दुधकोशीमा बहाव बढ्ने सम्भावना रहँदा नारायणी, कर्णाली र सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।
प्रदेश १ को संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, पाँचथर, प्रदेश २ को बारा, पर्सा, बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही, कपिलबस्तु, कर्णाली प्रदेशको दैलेख, रुकुम पश्चिम सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, डडेलधुरा, र आसपास जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।