• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

डिफेन्डिङ च्याम्पियन जर्मनीको इतिहास दोहोर्‍याउने लक्ष्य

64x64
नेपाल लाइभ सोमबार, जेठ २१, २०७५  १३:३२
1140x725

सन् २००२ यता जर्मनीले विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। पछिल्ला चार विश्वकपमा जर्मनीले २ पटक फाइनलमा स्थान बनाउदा २ पटक अन्तिम चारको यात्रा गरेको छ। गत संस्करणको फाइनलमा त जर्मनीले अर्जेन्टिनालाई हराउँदै चौथो पटक उपाधि जित्यो।

डिफेन्डिङ च्याम्पियन जर्मनी जेठ ३१ बाट सुरु हुने २१औं संस्करणको विश्वकपमा इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रदैछ। उपाधि जितेमा जर्मनीले सन् १९६२ पछि लगातार दोस्रो पटक उपाधि जित्ने रेकर्ड बनाउनेछ। ब्राजिलले सन् १९५८ र १९६२ मा गरी लगातार दुई पटक विश्वकप जितेपछि कुनैपनि टिमले विश्वकपको उपाधि लगातार दोस्रो पटक जित्न सकेका छैनन्। 

हाल फिफा वरीयताको पहिलो स्थानमा रहेको जर्मनीले विश्वकपको युरोप छनोटमा सवै १० खेल नै जितेको थियो। छनोटका दौरान उसले ४३ गोल गरेर कीर्तिमान समेत बनाएको थियो।

विश्वकप छनोटपछि खेलेका कुनै पनि खेलमा जित निकाल्नु नसक्नु उसका लागि चिन्ताको विषय बनेको हो। छनोट भएपछि जर्मनीलाई इंग्ल्यान्ड, फ्रान्स र स्पेनले बराबरीमा रोकेका थिए। यस्तै ब्राजिलसँग १–० गोलले पराजित हुँदा जर्मनीको २२ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो। पछिल्लो पटक विश्वकपको वार्मअप  खेलमा जर्मनीलाई अस्ट्रियाले २–१ गोलले हराएको थियो। 

तरपनि प्रशिक्षक जोचिम लो उपाधि रक्षा गर्दै इतिहास बनाउनेमा ढुक्क छन्। मिडफिल्डर टोनी क्रुस भने जर्मन टिमले धेरै सुधार गर्नु पर्ने तर्क गर्छन्। 

'हामीले पछिल्लो समय जति राम्रो खेल्न पर्ने हो त्यो खेल्न सकिरहेका छैनौ,' मिडफिल्डर क्रुस भन्छन्, 'हामीले धेरै कुरा सुधार गर्नुपर्छ। '

प्रशिक्षक लो जर्मन टिमले चिन्ता मान्न नपर्ने ठान्छन्। 'मलाई चिन्ता लागेको छैन। हामीले सन् २०१४ र २०१० को विश्वकपअघि पनि हार बेहोरेका थियौं,' उनी भन्छन्, 'हामीले खेल सुधार गर्नेछौं। तपाईंहरु ढुक्क हुनुहोस्।' 

nimb
nimb
Ncell 2
Ncell 2

जर्मनी रसिया विश्वकपमा समूह 'एफ' मा छ। जहाँ जर्मनीले समूह चरणमा मेक्सिको,  स्विडेन र दक्षिण कोरियासँग खेल्नेछ। जर्मनीले पहिलो खेल जुन १७ मा मेक्सिकोसँग खेल्नेछ भने दोस्रो खेल जुन २३ मा स्विडेनसँग छ। चार दिनपछि समूह चरणको अन्तिम खेलमा जर्मनीले कोरियासँग प्रतिस्पर्धा गर्नेछ।

जर्मनीका प्रशिक्षक सन् २००६ देखि राष्ट्रिय टिममा आवद्ध छन्। उनी २००६ मा सहायक प्रशिक्षक थिए। त्यसबखत घरेलु मैदानमा भएको विश्वकपमा जर्मनीले तेस्रो स्थान हात पारेको थियो।

लो सन् २००८ को युरो च्याम्पियनसिपमा पनि जर्मन टिममा रहे। जर्मनीले फाइनल यात्रा तय गरेको थियो। सन् २०१० को विश्वकपमा मा जर्मनीले तेस्रो स्थान हात पार्दा पनि लोको प्रभावकारी भूमिका थियो।  २०१२ को युरो कपमा पनि जर्मनीले सेमिफाइनल यात्रा तय गरेको थियो। तरपनि जर्मनी सफल हुन सकेन। अन्तत: जर्मनीले २०१४ को विश्वकप जित्न सफल भयो। 

युरो २०१६ जर्मनी सेमिफाइनलबाटै बाहिरियो। गतवर्ष भएको फिफा कन्फेडेरेसन कपमा जर्मनीले बलियो उपस्थिति देखायो। युवा खेलाडीले भरिएको जर्मनीले उपाधि जितेर विश्वकपका लागि दाबेदारी प्रस्तुत गरिसकेको थियो।

प्रशिक्षक लोले गत वर्ष युवा खेलाडीले विश्वास गर्दा जर्मनीले सानदार प्रदर्शन गरेको थियो। रसिया विश्वकपका लागि घोषणा गरिएको २३ सदस्यीय टिममा पनि युवामाथि विश्वास गरिएको छ। 

जर्मनीका लागि अहिले टाउको दुखाई भनेको पहिलो रोजाइका गोलकिपर तथा कप्तान म्यानुयल नेउर फर्ममा हुन्छन् वा  फिट हुन्छन् वा हुन्नन् भन्ने छ। यद्यपी उनले अस्ट्रिया विरुद्धको मैत्रीपूर्ण खेलमा टिमबाट खेलिसकेका छन्। वायर्न म्युनिखका गोलकिपर नेउर गत सेप्टेम्बरमा अभ्यासका क्रममा घाइते भएका थिए। उनको देब्रे खुट्टा भाँचिएको थियो। त्यसपछि उनी यहि साता पहिलो पटक मैदान उत्रिएका थिए।

नेउर फिट नभएका बार्सिलोनाबाट व्यावसायिक खेल खेल्ने मार्क आन्द्रे टेर स्टेगेन उत्तम विकल्प हुन सक्छन्। उनले कन्फेडेरेसन कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

जर्मनीका भरपर्दा डिफेन्डर जेरोमी बोएटिङ पनि फर्ममा फर्कन संघर्ष गरिरहेका छन्। च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिड विरुद्धको खेलमा बोएटिङको तिघ्रामा चोट लागेको थिए। तर पनि उनी अन्तिम टिममा छन्। माट्स् हुमेल्स र जोसाउ किममिच राम्रो फर्ममा रछन्। जोनास हेक्टर अर्का प्रतिभाशाली डिफेन्डर हुन्। 

जर्मन टिमको राम्रो पक्ष भनेको मिडफिल्ड हो। विश्वका उत्कृष्ट डिफेन्डर मध्येका एक टोनि क्रुस टिममा हुनु जर्मन टिमका लागि फाइदा हो। उनकै प्रभावमा जर्मनीले राम्रो नजिता निकाल्न सक्छ। यस्तै सामी खादिरा र मेसुट ओजिलले मिडफिल्ड बलियो बनाउनेछन्। उनीहरु फरवार्ड थोमस मुलर र मार्को रेउसलाई राम्रो साथ दिन सक्ने क्षमता भएका खेलाडी हुन्। जुलियन ड्राक्सलर, लियोन गोरेक्सा, इल्के गुन्डोगन, जुलियन बान्डट्, लियोन गोरेक्सा पनि मध्यपंक्तिमा जमेका खेलाडी हुन्।

२२ वर्षीय फरवार्ड टिमो वेर्नेर उत्कृषट लयमा छन्। उनले गत सिजन आरबी लेइपजिगबाट उत्कृष्ट खेल देखाएका थिए। उनले १२ अन्तर्राष्ट्रिय खेलमा ७ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।  

अनुभवी फरवार्डद्वय मारियो गोमेज र थोमस मुलरसँगै मार्को रेउसले जर्मनीको अग्रपंक्ति सम्हाल्नेछन्। 

जर्मन टिम 

गोलकिपर - म्यानुयल नेउर (वायर्न म्युनिख), मार्क आन्द्रे टेर स्टेगेन (बार्सिलोना), केभिन ट्राप (पिएसजी)। 
डिफेन्डर - जेरोमी बोएटेङ (वायर्न म्युनिख), माथियास जिन्टर (बोरुसिया मोचेन्ग्लाबाच), जोनास हेक्टर (कोलोङग्ने), माट्स् हुमेल्स (वायर्न म्युनिख), जोसाउ किममिच (वायर्न म्युनिख), मर्भिन प्लाटेनहार्ड (हेर्था वर्लिन), एन्टोनियो रुडिगर (चेल्सी), निक्लास सुले (वायर्न म्युनिख)। 
मिडफिल्डर -  जुलियन बान्डट् (वायर लिभरकुजेन), जुलियन ड्राक्सलर (पिएसजी), लियोन गोरेक्सा (साल्के) इल्के गुन्डोगन (म्यानचेस्टर सिटी), सामि खादिरा (युभेन्ट्स),  टोनी क्रुस (रियल म्याड्रिड), मेसुज ओजिल (आर्सनल), सेबास्टियन रुडी (वायर्न म्युनिख)। 
स्ट्राइकर - मारियो गोमेज (स्टुगार्ट), थोमस मुलर (वायर्न म्युनिख), मार्को रेउस (बोरुसिया डर्टमुन्ड), टिमो वेर्नेर (आरबी लेइपजिग) । 
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्