मेलम्ची- सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ। मेलम्ची खोलामा ठूलो बाढी आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको हो।
इप्रका मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि माइकिङ गरेर स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
स्थानीय भीमसेन थापाले अहिले मेलम्चीमा पानीको सतह बढेको र बाढी मेलम्ची आइपुगेको जानकारी दिए।
‘पानी परेका कारण बाढीमा पानीको सतह बढेको अनुमान गरिएको छ। निरन्तर खतराको साइरन बजेपछि बजारबाट मानिसलाई टारमा सारिएको छ,’ उनले भने।
गए रातीदेखि आएको बाढीले गर्दा झण्डै दुई दर्जन घर बगाएको छ। चनौटेको रातो पुल बगाएको छ भने अरु नदी तटीय क्षेत्रका बस्ती कटान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।