काठमाडौं- मंसिरदेखि अदालतमा गोला प्रथा (राफल प्रणाली)बाट पेशी तोकिने भएको छ। अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्च र जिल्लामा मुख्य न्यायाधीशले पेशी तोक्ने गरिँदै आएकोमा मंसिरदेखि गोला प्रथा अलम्बन गरिने भएको हो।
‘न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियममितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलापहरू रोकथामका लागि आवश्यक कानूनी, संरचनागत लगायतका उपायहरूसहितको प्रतिवेदन र सुझावहरू कार्यान्वयनका लागि जिम्मेवारीसहितको कार्ययोजना प्रस्ताव गर्न’ गठित अध्ययन समितिको प्रतिवेदनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले तत्काल कार्यान्वयनमा लैजाने भएको हुन्।
बिहीबार बुझाएको प्रतिवेदनमा अदालतमा पेशी तोक्ने कार्य निक्कै विवादास्पद र यसले न्याय सम्पादनमा समेत विकृति ल्याएको ठहर गर्दै स्वचालित पेसी सूची प्रणालीमा जान सुझाव दिएको छ।
स्वचालित पेशी सूची लागू गर्न आवश्यक सफ्टवेयरको निर्माण र कानुन संशोधन नहुँदासम्म गोला प्रथााबाट पेशी सूची सार्वजनिक हुनेछ।
समितिले पेशी सूचीलाई अटोमेसनमा लैजाने समयसीमा २०७८ मंसिरलाई तोकेको थियो। सर्वोच्चमा पनि प्रधानन्याधीशले पेशी तोक्ने कार्य रोक्न सुझाव दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।