काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्न निर्देशन दिएका छन्।
विपद् व्यवस्थापनसम्बन्धी गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा, उद्धार र राहतका लागि गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए। शनिबार रातिको बाढीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पुञ्याएको क्षतिबारे ब्रिफिङ गरिएको थियो।
हेलम्बु गाउँपालिकको चनौटे बजारमा बाढीले बगाएको पुलमा वैकल्पिक पुलको व्यवस्था गर्न गृहमन्त्री खाँणले निर्देशन दिएका छन्। प्रभावित स्थानमा सहज रुपमा खाद्यान्न र औषधिजन्य सामग्री ढुवानीका लागि सडक पहुँच पुर्याउन निर्देशन दिइएको छ।
सडक पहुँच निर्माणका लागि आवश्यक बजेटको व्यवस्था हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।