काठमाडौं– हेलम्बु गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने चनौटेको रातोपुलको स्थानमा तत्काल बेलिब्रिज निर्माण गरिने भएको छ। शनिबार रातिदेखि आएको बाढीसँगै आइतबार बिहान रातोपुल बगाएको थियो।
नेपाली काग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारको सहयोगमा तत्काल आवतजावतका लागि सहजीकरण गर्ने उद्देश्यले बेलिब्रिज निर्माणका लागि पहल गर्ने बताएका हुन्।
बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री तथा गृहमन्त्रीलाई जानकारी गराएको बताउँदै उनले तत्काल पुल निर्माण सुरु हुने प्रतिबद्धता व्यक्त गरे।
प्राकृतिक विपत्तिको चपेटामा परेकाहरुलाई अत्यावश्यक पर्ने खाद्यान्न, स्वास्थ्योपचार, लत्ताकपडा लगायत सामग्री सहयोगको लागि तयार रहेको समेत बस्नेतले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।