काठमाडौं- सरकारले मधु मरासिनीलाई अर्थसचिव बनाएको छ। नयाँ सरकारले महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ मन्त्रालयमा तानेको हो।
साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयबाट मरासिनीलाई अर्थमा तानिएको हो। अर्थबाट शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
नयाँ सरकार बनेपछि अर्थसचिव बन्ने दौडमा महालेखा नियन्त्रक मरासिनीसँगै प्रधानमन्त्री कार्यालयका सचिव वैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत थिए।
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।