बाढीले बगाएकाे राताेपुल : तस्वीर सामाजिक संजाल
काठमाडौं– मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिकास्थित चनौटेमा रहेको रातोपुल बगाएको छ।
मेलम्चीको बाढीले आइतबार बिहान साढे सात बजेतिर रातोपुल बगाएको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए।
यसअघि असार १ गतेको बाढीले सामान्य क्षति पुगे पनि पुल भने बगाएको थिएन।
यसअघि असार १ गते आएको भीषण बाढीले मेलम्चीमा रहेको पुल बगाएसँगै पाँच पोखरीसँग सम्बन्ध विच्छेद भएको भएको थियो।
रातोपुल बगाएसँगै हेलम्बुसँगको सम्बन्ध टुटेको छ भने मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणसमेत प्रभावित बनेको छ।
मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो ।पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ।
त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुलसमेत बगाएको छ। नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।